नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी

नारायणघाट- मुग्लिङ सडकखण्ड

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ।

प्रहरीका अनुसार शनिबार राति वर्षा सँगै आएको पहिरोका कारण दुई ठाउँमा सडक अवरूद्ध हुँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै केही समय पहिरो पन्छाउन लाग्ने प्रहरीले जनाएको छ।

सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो। पहिरो नियन्त्रणका लागि वर्षाअघि काम थाल्न नसक्ने आयोजनाले जनाइसकेको छ। रासस

प्रकाशित मिति: : 2019-06-02 10:09:59

प्रतिकृया दिनुहोस्