भारतमा सातौ तथा अन्तिम चरणको मतदान सकिए लगत्तै एक्जिट पोलका नतिजाहरू सार्वजनिक भइरहेका छन्।
सार्वजनिक भएका सबै परिणामहरूले नरेन्द्र मोदी नै फेरि एकपटक भारतको प्रधामन्त्री बन्ने सम्भावना देखाएका छन्।
लोकसभाका ५ सय ४२ सिटका लागि भएको निर्वाचनमा तीनसय सिट कटाउने लक्ष्यका साथ भारतीय जनता पार्टी नेतृत्वको एनडीए चुनावमा गएको थियो। उता, बाँकि अधिकांश दल भारतीय राष्ट्रि कंग्रेस आईको अघोषित नेतृत्वमा चुनावमा गएका थिए। पहिलो गठबन्धनको नेतृत्व नरेन्द्र मोदीले गरेका थिए भने दोस्रो गठबन्धनका अघोषित नेतृत्व राजीव गान्धीले गरेका थिए।
चारवटा अलग अलग एक्जिट पोलमध्ये भीएमआर–टाइम्स नाउको एक्जिट पोलको अनुमान अनुसार भाजपाको गठबन्धन एनडीएलाई ३०६, कांग्रेस गठबन्धनलाई १३२, सपा–बसपालाई २० र अन्यलाई ८४ सिट प्राप्त हुने अनुमान गरेको छ।
यसैगरी सी भोटर–रिपब्लिकको एक्जिट पोलका अनुसार भाजपाको गठबन्धन एनडीएले २८७, कांग्रेस गठबन्धनले १२८, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले ४० र अन्यले ८७ सिट जित्ने अनुमान गरेको छ।
जन कि बात रिपब्लिकको एक्जिट पोल अनुसार भाजपाको गठबन्धन एनडीएले ३०५, कांग्रेसको गठबन्धनले १२४, सपा–बसपा गठबन्धनले २६ र अन्यले ८७ सिट जित्ने अनुमान गरेको छ।
यस्तै न्यूज नेशनको एक्जिट पोलका अनुसार भाजपाको गठबन्धन एनडीएले २८६, कांग्रेसको गठबन्धनले १२२ र अन्यलाई १३४ सिट प्राप्त हुने अनुमान छ।
चारवटै एक्जिट पोलको पूर्वअनुमानलाई औसतमा निकाल्दा भाजपाको गठबन्धन एनडीएले ३०८ कांग्रेसको गठबन्धनले ११७ र अन्यलाई ११७ सिट प्राप्त हुने अनुमान छ।