आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

तस्बिरः एजेन्सी

वार्टफोर्डलाई फराकिलो अन्तरमा हराउँदैम्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ।

आइतबार बिहान भएको खेलमा सिटीले वार्टफोर्डमाथि ६–० को सहज जित निकाल्दै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कपको उपाधि पनि उचालेको हो।

सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गर्दा डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १-१ गोल गरे।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो।

खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप ४ गोल थप्यो।

खेलको ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । ६८ औं मिनेटमा जिससले सिटीका लागि चौंथो गोल गरे ।

त्यसपछि ८१ र ८७ औं मिनेटमा गोल गर्दै स्ट्रर्लिङले सिटीलाइ फराकिलो जित दिलाए ।

यस्तै सिटी फाइनलमा फराकिलो जित निकाल्ने क्लब समेत बनेको छ ।

यो सँगै सिटी एकै सिजनमा ३ उपाधि जित्ने टोली बनेका छ।

एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो।

 

प्रकाशित मिति: : 2019-05-19 09:06:36

प्रतिकृया दिनुहोस्