चुनाबका बेला कटहर बाडेको आरोप लागेपछि जापानका अर्थमन्त्रीले दिए राजिनामा

Photo Credit : REUTERS

जापानका अर्थमन्त्री इसु सुगावाराले राजिनामा दिएका छन् । संचारमाध्यमहरुले जनाए अनुसार उनले चुनाबका बेला मतदाताहरुलाई पैसा सहित कटहर लगाएतका महंगा समानहरु वितरण गरेको समाचारहरु सार्बजनिक भएपछि उनले राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री आबेले अर्थमन्त्रीले राजिनामा दिएपछि स्विकारका लागि ढिला नगरी तुरुन्तै नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको जापानी संचार सस्था एन एच केले जनाएको छ ।

आर्थिक र औधोगिक क्षेत्रका धेरै मुद्दाहरु हेर्नु पर्ने हुन्छु राजिनामा स्वीकृत गर्दै आबेले भनेका छन् 'समस्याको कारण स्थिर हुन सक्दैन ।'

प्रधानमत्री आबेले उनको राजिनामा स्वीकार गर्ने क्रममा जनतासँग  माफी पनि मागेका छन् । अर्थमन्त्रीको क्रियाकलापले जनतालाई दुख लागेको छ, यसका लागि म तपाइहरुसँग माफी माग्दछुु।', आबेले भनेका छन् 'कुनै पनि आर्थिक समस्या आउन दिने छैन, त्यसैले अबको जिम्मेवारीका लागि हिरोशी हाताकेयामालाइ अनुरोध गरेको छु ।'

एन एच केका अनुसार आबेले आफ्नै पार्टी लिबरल डेमोक्र्याटिकका हिरोशी हाताकेयामालाइ नया अर्थमन्त्रीका रुपमा अघि सारेका हुन् ।

प्रकाशित मिति: : 2019-10-25 07:56:38

प्रतिकृया दिनुहोस्