थाइल्यान्डका राजा महा वाचिरालङ्कनको उपद्रो केही दिनयता जारी छ ।
सोमबार मात्र आफ्नी उपपत्नी सिनीनात वङ्वाचिराफाकका उपाधि र सबै सेवा, सुविधा खोसेर समाचारको हेडलाइन बनेका राजा फेरि अर्को त्यस्तै उटपट्याङ कामका लागि समाचारमा छाएका छन् ।
उनले यसपटक "अत्यन्त ठूलो दुष्ट कर्म" गरेको भन्दै आफ्ना छ कर्मचारी सेवाबाट हटाएका छन् । ्उनले यसअघि पदमुक्त गरेकी उपपत्नीमाथि "विश्वासघात र दुर्व्यवहार" को आरोप लगाएका थिए ।
राजाले पदमुक्त गरिदिएका सबै कर्मचारी पलमुक्त गरिएकी उपपत्नीप्रति बफादार रहेको अनुमान गरिएको छ ।
दरवारमा उपपत्नीका समर्थकको नामोनिशान मेटाउने क्रममा यी स्त्रीलम्पट राजाले त्यसो गरेको हुनसक्ने बताइएको छ ।
उनले हटाएका कर्मचारीमा राजकीय सेवा विभागका एक प्रहरी लेफ्टेनन्ट जेनरल तथा दुई शाही सुरक्षासेवक पनि रहेको जनाइएको छ ।
उनीहरूलाई हटाउन राजपत्रमा एक सार्वजनिक सूचना नै जारी गरिएको छ । सूचनामा भनिएको छ, 'उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।'
२१औं शताव्दीमा पनि यस्तो बहुलठ्ठी किसिमले शासन गरिरहेका राजाका सामु थाइ जनता भने मौन रहेका छन् । भनिन्छ, त्यहाँको कानुनले त्यहाँका राजाका बारेमा चुँसम्म पनि गर्न दिदैन ।