थाईल्यान्डका राजा महा वाचिरालङ्कनको उपद्रो जारी छ ।
केही दिनअघि आफ्नी उपपत्नी पपत्नी सिनीनात वङ्वाचिराफाकका उपाधि र सबै सेवा, सुविधा खोसेर समाचारको हेडलाइन बनेका राजा फेरि अर्को त्यस्तै उटपट्याङ कामका लागि समाचारमा छाएका छन् ।
उनले यसपटक "अत्यन्त ठूलो दुष्ट कर्म" गरेको भन्दै आफ्ना छ कर्मचारी सेवाबाट हटाएका छन् । ्उनले यसअघि पदमुक्त गरेकी उपपत्नीमाथि "विश्वासघात र दुर्व्यवहार" को आरोप लगाएका थिए ।
राजाले पदमुक्त गरिदिएका सबै कर्मचारी पलमुक्त गरिएकी उपपत्नीप्रति बफादार रहेको अनुमान गरिएको छ ।
दरवारमा उपपत्नीका समर्थकको नामोनिशान मेटाउने क्रममा यी स्त्रीलम्पट राजाले त्यसो गरेको हुनसक्ने बताइएको छ ।
उनले हटाएका कर्मचारीमा राजकीय सेवा विभागका एक प्रहरी लेफ्टेनन्ट जेनरल तथा दुई शाही सुरक्षासेवक पनि छन् ।
उनीहरूलाई हटाउन राजपत्रमा एक सार्वजनिक सूचना नै जारी गरिएको छ । सूचनामा भनिएको छ, 'उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।'
२१औं शताव्दीमा पनि यस्तो बहुलठ्ठी किसिमले शासन गरिरहेका राजाका सामु थाइ जनता भने मौन रहेका छन् । भनिन्छ, त्यहाँको कानुनले त्यहाँका राजाका बारेमा चुँसम्म पनि गर्न दिदैन ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया