मसूद अजहरका भाईसहित ४४ चरमपन्थी पाकिस्तानको हिरासतमा

एजेन्सी

पाकिस्तानले चरमपन्थी संगठन जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरका भाईसहित कयौं ठूला चरमपन्थी नेताहरुलाई पक्राउ गरेका छ। पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिएको पुष्टि गरेका छन्।

जसमा मसूद अजहरका भाई मुफ्ती अब्दुर रऊफ पनि रहेका छन्। मसूद अजहरका अर्का नातेदार हम्माद अजहरलाई पनि पाकिस्तान प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालयकातर्फबाट जारी बयानमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको उल्लखे छ।

पाकिस्तानस्थित चरमपन्थी संगठन जैश-ए-मोहम्मदले नै भारत प्रशासित कास्मिरको पुलवामा भएको आक्रमणको जिम्मेवारी लिएको थियो। केही दिन अघि सीआरपीएफलाई लक्षित गरेर गरिएको आत्मघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-03-05 23:27:08

प्रतिकृया दिनुहोस्