ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आएका छन् ।
ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।
सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका थिए ।
चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्नुहुने कार्यक्रम तय भएको छ ।
उनिहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ ।