झारफुकको बहानामा बाबाद्वारा बालिका बलात्कार

बैशाख २२, २०७६

हेटौंडा: मनहरी गाउँपालिकामा झारफुक गर्ने बाहनामा एकजना बाबाबाट एक १४ बर्षीया बालिका बलात्कार भएको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई आइतबार प्रक्राउ गरेपछि यो घटना बाहिर आएको छ। 

मकवानपुर प्रहरी मनहरी गाउँपालिका–९, रजैयामा रहेको एक आश्रममा शारीरिक अशक्त भएकी १४ बर्षीया बालिकालाई झारफुक गर्ने बाहनामा बलात्कार गरेको अभियोगमा एक जनालाई प्रक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: : 2019-05-06 09:17:55

प्रतिकृया दिनुहोस्