रुपन्देहीको सैनामैनाबाट १० लाख युरो सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना २ की ४५ वर्षिय मिना सुनार, सोही स्थानमा २७ वर्षिय रमेश सुनार, गुल्मी धुर्कोटका २४ वर्षिय राजु सुनार, नवलपरासी बर्दघाटका ३० वर्षिय कमल सुनार र स्याङ्जा गल्याङ २ का ३१ वर्षिय गणेश सुनार रहेका छन्।
उनीहरूलाई पाँच नम्बर प्रदेश प्रहरी अन्तर्गतको नेपालगञ्ज ब्यूरो कार्यालयले कात्तिक २ गते दिउँसो करिब ४ बजे रूपन्देहीको सैनामैना नगरपालिका २ सरौलीबाट उक्त परिणामको युरोसहित पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाइएको छ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल ६ थान, वान मिलियन युरो लेखेको त्रिभुजाकार धातु एक थान, आयाताकार धातु १ थान, सर्टिफिकेट अफ अथेन्टीसिटी लेखेको कागतपत्र, एक मिलियन युरो लेखेको कागजपत्र र एक मिलियन युरोको एक थान नोट पनि बरामद गरेको छ।
प्रहरीका अनुसार उक्त नोट अनुसन्धानका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया