अहिले नेपालमा अर्को ठूलो विपद् आइहाल्यो भने के होला? पूर्वतयारीको अवस्था के कस्तो छ? जानिराख्नुहोस्

तस्बिरः बिबिसी

ठिक चार वर्षअघि आजकै दिन कसैले नसोचेको विपद् आइपर्‍यो। गोरखा केन्द्रविन्दु भएको ७.८ म्याग्निच्युडको भुँइचालो जाँदा हेर्दा हेर्दै लाखौँ घर तथा संरचनाहरू गर्ल्यामगुर्लुम ढले। नेपालले धनजनको ठूलो क्षति सह्यो।

मध्यान्नको समयमा मध्य नेपालका विभिन्न स्थानबाट क्षतिका खबर आइरहँदा सरकारका मन्त्री तथा अधिकारीहरू सिंहदरबारभित्र गृहमन्त्रालय पछाडि बनाइएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) मा भेला भएर उद्धार तथा राहतका काम अघि बढाउन बाध्य भए।

शक्तिशाली परकम्पहरू आइरहँदा विभिन्न दाताहरूको समेत सुझाव र सल्लाहमा सन् २०१० मा निर्माण गरिएको भूकम्प प्रविधियुक्त एनईओसीको त्यो भवन नै केही दिनका लागि अधिकारीहरूको आश्रयस्थल बन्न पुग्यो।

जमिन थर्थराइरहँदा अन्यत्रभन्दा उनीहरूले आफूलाई त्यहीँ सुरक्षित महसुस गरे।

प्रकाशित मिति: : 2019-04-25 23:43:24

प्रतिकृया दिनुहोस्