जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।
राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।
आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको बताएका छन् ।इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । बीबीसीका अनुसार आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ ।
आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ ।भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित गरिएका छन् ।
जापानको जलवायु संस्थाका अधिकारी यासुशी काजिवाराले शनिबार राति र आइतबार बिहानसम्म राजधानी टोकियोमा कम्तीमा आधा मिटर वर्षा हुने बताए उनले भने, ‘कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना जारी गरिसकिएको छ ।’
अधिकारीहरूले सम्भावित जोखिमका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरेका बीबीसीले जनाएको छ । थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया