साढे चार लाख पर्यटक भित्रिए पनि प्रदेश सरकारको आम्दानी शून्य

तस्बिरः देरसञ्चार

सुर्खेत– प्रदेश सरकारले गत वैशाख–१ गते मुगुको रारा ताल परिषरमा निकै तामझामका साथ ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय सरकारका मन्त्रीसम्म रारा पुगे ।

नयाँ वर्षसँगै राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन हुने भएपछि सबैको ध्यान रारामै केन्द्रित रह्यो ।  पाँच लाख पर्यटन भित्र्याउने उदेश्य लिइएको पर्यटन वर्ष व्यवस्थापन कमजोरीका कारण खर्च पारदर्शी हुन सकेन् । संसदीय समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धानमा समेत खर्चको विवरण माग गरियो ।

२०७४ फागुन ६ गते पर्यटन वर्ष मनाउने निर्णय गरेको सरकारले चैत २८ गते ४९ लाख रुपैयाँ विषयगत मन्त्रालयलाई जिम्मेवारी बाँडफाँड गरी अख्तियारी दिएको थियो ।

प्रकाशित मिति: : 2019-04-22 08:57:12

प्रतिकृया दिनुहोस्