यो मुलुकमा सिधासिधा भन्नुपर्ने कुरा धेरै छन् । सिधा कुरा हो, विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव हुन् र बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिका नाममा सार्ने किर्तेकारितामा उनको मुख्य भूमिका छ । यो पनि उत्तिकै सिधा कुरा हो कि उनलाई भूमाफियाले त्यो जग्गा उपहार दिएको हो । औपचारिकताका लागि बनाइएका कागजपत्रको कुरा गरिरहनु परेन । एउटा जाली वक्तव्य निकालेर उनी उम्कने ठाउँ छैन ।