आईपीएलमा दिल्लीको छैठौं जीत: पञ्जावविरूद्ध सन्दीपको उत्कृष्ट बलिङ

तस्बिरः एजेन्सी

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र ब्याटिङमा कप्तान श्रेयश ऐयर र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पञ्जावलाई ५ विकेटले हराएको छ।

यो जितसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) मा १० खेलबाट ६ जितसहित दिल्ली तेस्रो स्थानमा कायमै छ।

पन्जावले दिएको १६४ रनको लक्ष्य घरेलु टोली दिल्ली क्यापिटल्सले २ बल बाँकी छँदैं ५ विकेट गुमाएर पुरा गर्‍यो।

दिल्लीका लागि कप्तान श्रेयश ऐयरले कप्तानी इनिङ्स खेले। नटआउट रहेका ऐयरले ४९ बल खेल्दै १ छक्का र ५ चौकासहित ५८ रनमा नटआउट रहे।

ओपनर शिखर धवनले पनि अर्धसतकीय इनिङ्स खेलेका थिए। कप्तान श्रेयस ऐरसँग ९२ रनको साझेदारी गरेका धवनले ४१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।

कोलिन इन्ग्रामले १९ रन बनाउँदा ऋषव पन्त ६ रनमा आउट भए।

ओपनर पृथ्वी शाँल ११ बल खेल्दै १३ रन जोडेका थिए भने अक्सर पटेल १ रन बनाएर आउट हुँदा शेरफेन २ रनमा नटआउट रहे।

पञ्जावका लागि हार्डस भिल्जोनले २ विकेट लिए पनि खेल जिताउन सकेनन्।

यसअघि फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।

पन्जवाको लागि ओपनर क्रिस गेलले ६९ रनको योगदान दिए। गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।यस्तै मन्दिप सिंहले ३० रन बनाए।ओपनर के एलराहुलले १२ रन बनाउँदा रविचन्द्र आश्विनले १६ रन बनाए।

पन्जावका मिडिल अडरका मयंक अग्रवाल २ र डेविड मिलर ७ रनमा आउट भए ।

पन्जावको एकतर्फबाट विकेट गुम्दा अर्को तर्फबाट क्रिस गेलले आक्रमक रुपमा रन जोडि रहेका थिए। तर, सन्दीपले १३ ओभरको दोस्रो बलमा क्याच आउट गराएपछि पन्जाव ठूलो योगफल बनाउनबाट चुकेकोथियो।

यसै ओभरको अन्तिम बलमा सन्दीपले युवा अलराउण्डर साम करनलाई आफैं क्याच लिदै शुन्यमा पेभिलिएन फर्काएपछि पन्जाव संकटमा परेको थियो ।

सन्दीपले दोस्रो ओभरको चौथो बलमा सन्दीपले अर्का ओपनर के एल राहुललाई विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गराएका थिए।

पन्जावलाई सस्तैमा रोक्न सन्दीपले४ ओभरमा ४० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै कागिसो रवडा र अक्षर पटेलले समान दुई विकेट लिए ।

म्यान अफ दि म्याच सन्दीप लामिछाने विकेट लिएपछि खुसी मनाउँदै। तस्बिरः दिल्ली क्यापिटल

दिल्लीको महत्वपूर्ण जितमा सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।

पञ्जावविरूद्ध दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दीपलाई पहिलो बलमा केएल राहुलले छक्का प्रहार गरेका थिए। दोस्रो बल डट गराए। तेस्रो बलमा राहुलले चौका प्रहार गरे। चौथो बलमा भने विकेटकीर ऋषभ पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराउँदै पहिलो विकेट लिए। सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिएका थिए।

आफ्नो पहिलो ओभरमा ११ रन दिएका सन्दीप दोस्रो ओभरमा महँगो सावित भए।

यस ओभरमा क्रिस गेलले ४ चौका प्रहार गरे। पहिलो बलमै गेलले चौका प्रहार गरे । दोस्रो बल डट गराए। तेस्रो बलमा पुन चौका प्रहार गरे। चौथो बल डट गराउँदा पाँचौ र छैटौं बलमा गेलले चौका प्रहार गरेका थिए।

दोस्रो ओभरमा १६ रन खर्चिएका सन्दीपले तेस्रो ओभरमा महत्वपूर्ण २ विकेट हात पारे। पहिलो बलमै क्रिस गेलले छक्का प्रहार गरे पनि दोस्रो बलमा सन्दीपले बाउन्ड्री लाईन नजिकैबाट अक्षर पटेलबाट उत्कृष्ट क्याच गराउँदै उनको आक्रमक इनिङ्स समाप्त पारेका थिए।

अन्य तीन बल लगातार डट राख्दा अन्तिम बलमा साम करनलाई आफैं क्याच लिदै तेस्रो विकेट लिए।

तेस्रो ओभरमा ६ रन खर्चिएर २ विकेट लिएका सन्दीपले चौथो ओभरमा ७ रन खर्चिए।

१५औं ओभरको पहिलो बलमा मन्दीपलाई १ रन दिएका उनले दोस्रो बलमा आश्विनलाई चौका दिएका थिए।

तेस्रो बल डट फालेका उनले चौथो बलमा १ रन खर्चिए भने पाँचौमा डट र अन्तिम बलमा मन्दीप सिंहलाई १ रन दिँदै आफ्नो इनिङ्स सकाए। उनको अन्तिम बलमा मन्दीप सिंहको विकेट रवडाले क्याच छोडेका थिए।

प्रकाशित मिति: : 2019-04-21 00:28:24

प्रतिकृया दिनुहोस्