चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १ सय ५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर (राष्ट्रिय सभा केन्द्र) मा आयोजना हुने यस मञ्चमा यस वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका अलावा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, सिङ्गापुरका प्रधानमन्त्री ली सिन लुङ, अस्ट्रेलियाली चान्सलर सबास्टियन कुर्ज, ग्रिसेली प्रधानमन्त्री अलेक्सी सिप्रास, हङ्गेरियाली प्रधानमन्त्री भिक्टर अर्बन, इटालेली प्रधानमन्त्री गिसेप कोन्ट तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भाग लिनेछन्।
चिनियाँ विदेशमन्त्री वाङ यीलाई उद्धरण गर्दै रसियाली समाचार संस्था तास तथा सिङ्गापुरको स्ट्रेट्स टाइम्सले दिएको जानकारी अनुसार नेताहरू हुवाइरुको बाहिरी भागमा अवस्थित याङ्की तालमा गोलमेञ्चमा पनि सहभागी हुनेछन्। राष्ट्रपति सी जिनपिङले यस सम्मेलनमा ‘मुख्य वक्तव्य’ दिनुहुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया