पौडेलले दोस्रोपटक विज्ञप्ति निकाल्दै भने, 'बालुवाटारको जग्गाबारे छानबिन होस्'

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारमा आठ आना जग्गा सम्बन्धित कार्यालयले प्रचलित कानुनअनुसार किन्न मिल्ने एकिन गरेकाले खरिद गरेको उल्लेख गर्दै यस सम्बन्धमा यथाशीघ्र थप छानबिन गर्न माग गरेका छन् । उनले छानबिनबाट आएका निष्कर्षहरु कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्  । 

उनले राज्यको आधिकारिक निकायबाट हुने छानबिन र निष्कर्षहरुमा आफ्नो पूर्ण समर्थन रहने विज्ञप्तिमार्फत जनाएका छन् । '२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका ४ बालुवाटारस्थित ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्याल्यले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु' पौडेलले जारी गरेको विज्ञप्तिमा छ ।

प्रकाशित मिति: : 2019-04-19 21:56:15

प्रतिकृया दिनुहोस्