ट्याक्सी सञ्चालन तथा दर्तासम्बन्धी मापदण्ड मन्त्री महासेठको टेबुलमा, ल्याउनै नदिने दाउमा पुराना व्यवसायी

तस्बिरः नेपाल लाइभ

काठमाडौं– मंगलबार दिउँसो करिब १ बजे यातायात व्यवस्था विभागको कार्यालय नयाँ बानेश्वरमा १०/१५ जनाको समूह महानिर्देशक कुमारप्रसाद दहालको भेटको पर्खाइमा थिए। दहालले त्यो समूहलाई आफ्नो कार्यकक्ष बोलाए। करिब १ घण्टा छलफल चल्यो। 

दहालसँगको छलफलपछि त्यही समूह फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यकक्षअघि देखियो। तिनै व्यक्तिहरु कहिले विभाग र कहिले मन्त्रालय धाइरहेको देखेपछि जान्न मन लाग्यो– आखिर उनीहरु के चाहन्छन्?

ती व्यक्तिहरुलाई चिन्न गाह्रो थिएन । किनकि केहीले ट्याक्सी चालकले लगाउने ज्याकेट समेत लगाएका थिए। उनीहरुले आपसमा गरिरहेको कुराकानीले पनि थाहा हुन्थ्यो, ट्याक्सीसँग उनीहरु कुनै न कुनै हिसाबले सम्बन्धित छन्।

प्रकाशित मिति: : 2019-04-19 09:36:12

प्रतिकृया दिनुहोस्