वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे

तस्बिरः नागरिक

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो।

अख्तियारले एएआर इन्टरनेसनल आईएनसी उड डेल, जर्मन एभिएसन क्यापिटल जीएमबीएम फ्याङफर्ट जर्मनी, हाइ फ्लाई ट्रान्सपोर्ट एरोस एसए (हाइ फ्लाई एयरलाईन्स पोर्चुगल) र नर्टन रोज फुलब्राइट एलएलपी जर्मनीका प्रतिनिधिलाई सार्वजनिक सूचनामार्फत बोलाएको हो। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सूचनामा आएको कुरा सही भएको बताउँदै आयोगले सोहीअनुसार कार्यसम्पादन गर्ने बताए।

नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियोे। सोही छानबिनका क्रममा बिक्रेता कम्पनीलाई सो अवधि दिएर बोलाएको हो।

प्रकाशित मिति: : 2019-04-18 20:40:35

प्रतिकृया दिनुहोस्