सोमबार, १५ डिसेम्बर २०२५

भारतमा किन बन्द भयो टिकटक? भारतमा चिनियाँ प्राविधिक उत्पादनलाई एकपछि अर्को सकस

News Image
तस्बिरः पहिलोपोष्ट
• • •

काठमाडौं: भारतको अदालतले मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अदालत प्रतिबन्ध लगाउन दिएको आदेशसँगै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गुगल र एप्पललाई रोक लगाउनका लागि पत्राचार गरेको थियो।

भारतको मन्त्रालयले पत्राचार गरेसँगै गुगल र एप्पलले भारतमा आफ्नो प्लेस्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न रोक लगाएका छन्।

भिडियो सेयरिङ एप टिकटक भारतमा मात्र २३० मिलियन पटक डाउनलोड भइसेका छन्। भारतको मद्रासस्थित उच्च अदालतले अप्रिल ६ मा एपमाथि रोक लगाउन आदेश दिएको थियो। पछि मद्रास अदालतको निर्णय खारेज गर्न सर्वोच्चमा निवेदन पुगेको थियो। तर सर्वोच्चले फसैला खारेज नगर्ने निर्णय सुनाएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!