वाइडबडीबाट डेढ अर्ब नोक्सान, चिनियाँ जहाजबाट ६० करोड घाटा

तस्बिरः नागरिक

काठमाडौं– नेपाल वायुसेवा निगमले वाइडबडी जहाजबाट ठूलो रकम आर्थिक नोक्सनी भोगेको छ भने आन्तरिक उडान गर्ने चिनियाँ जहाजबाट करोडौं घाटा व्यहाेर्नु परेको छ।

अन्तर्राष्ट्रिय उडान गर्ने दुइटा वाइडबडी जहाजबाट ६ महिनामा १ अर्ब ६६ करोड आर्थिक नोक्सानी भएको छ। त्यसैगरी चिनियाँ जहाजबाट ६० करोड घाटा भएको महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले देखाएको हो।

२०७५ सालमा खरिद गरेका दुइटा वाइडबडी जहाज लक्ष्य अनुसार उडान भर्न नसक्दा निगमले आर्थिक घाटा भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। निगमले तयार गरेको व्यवसायिक योजना अनुसार उडान नगर्दा ६ महिनामै डेढ अर्ब बढी नोक्सानी भएको प्रतिवेदनमा देखिन्छ।

विमान खरिद प्रक्रिया सुरु गरेपछि निगमले ८ असोज २०७३ मा व्यवसायिक योजना तयार गरेको थियो। योजनामा दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान गर्ने उल्लेख छ। तर, सोही योजना अनुसार जहाजलाई निगमले उडाउन नसक्दा आर्थिक नोक्सानी चुलिँदोक्रममा छ।

प्रकाशित मिति: : 2019-04-12 21:38:12

प्रतिकृया दिनुहोस्