सञ्जय दत्तको ‘कन्ट्रोवर्शियल’ जीवन– ड्रगिस्ट’देखि श्रीदेवीसँगकाे काण्डसम्म!

Break n Links
Break n Links

बलिउडका प्रसिद्ध स्टारहरूमध्ये एक सञ्जय दत्त आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्।

सञ्जयको जीवन यति विवादास्पद छ, कि उनकाे जीवनमा आधारित फिल्म 'सञ्जु' बनाइएको छ।

लागूऔषध सेवनदेखि अवैध हतियार राख्नेसम्म सञ्जयको बारेमा धेरै चकित पार्ने कुराहरू छन्।

बलिउडका अभिनेता सुनील दत्तका छाेरा हुन् सञ्जय। उनी सानाेमा निकै जिद्दी स्वभावका थिए।

उनले मागेकाे कुरा पूरा हुनैपथ्याे। जस्ताेसुकै हालतमा। उनकाे जिद्दीपना यतिधेरै थियाे कि उनले ६ वर्षकाे उमेरमै चुराेट पिउन थालिसकेका थिए। त्याेपनि बुबाकाे अगाडि नै।

६ वर्षकाे उमेरमा सञ्जय बुबा सुनीलकाे सुटीङमा पुगेका थिए। त्यहाँ उनले चुराेट पिइरहेका मान्छे देखे। त्याे देखेर सञ्जयले पनि इच्छा व्यक्त गरे चुराेट तान्ने।

उनकाे त्याे रहर देखेर आमा नरगिस दत्त रिसाइन् तर उनका बुबाले भने सञ्जय चुराेट पिउन दिए। किनकि उनकाे साेच थियाे कि चुराेटकाे धुँवाले सञ्जयले सबक सिक्छन् तर भैइदियाे विपरीत।

सञ्जयले मज्जैले चुराेट तानिदिए। त्याे देखेर बुबाआमानै दंग परे। जुन कुरा सञ्जय दत्तकी दिदीबहिनी नम्रता र प्रियाले लेखेकाे पुस्तकमा उल्लेख गरिएकाे छ।

पुस्तकमा लेखिएअनुसार छाेराले त्यसरी चुराेट तानेकाे देखेर रिसाएका सुनीलले सञ्जयलाई घाममा उभ्याएका थिए।

सानैदेखि जिद्दी स्वभावका सञ्जय बलिउडमा प्रवेश गर्दासम्म कुनै न कुनै कुरामा जाेडिरहे। उनका ‘कन्ट्रोवर्शिल’ बाहिरिरहे।

सञ्जयसँग जाेडिएका धेरै ‘कन्ट्रोवर्शिल’हरूमध्ये एक हाे, श्रीदेवीसँग घटना।

एकपटक सञ्जय दत्त मातेको अवस्थामा जबरजस्ती श्रीदेवीको कोठामा गएका थिए। त्याे देखेर श्रीदेवी धेरै रिसाइन्।

श्रीदेवी ८० को दशकमा एक शीर्ष नायिका थिइन्। त्यतिबेला उनी पहिले नै फिल्म उद्योगमा प्रसिद्ध थिइन्।

जबकि, सञ्जय दत्तले भर्खरै आफ्नो फिल्मी करियर सुरु गरेका थिए। उनी श्रीदेवीका ठूला प्रशंसक थिए। यो घटना फिल्म 'हिम्मतवाला' को छायांकन चलिरहेको बेला भएको थियो।

यस फिल्ममा श्रीदेवी र जितेन्द्र मुख्य भूमिकामा थिए। श्रीदेवी 'हिम्मतवाला' को छायांकन गरिरहेकी छिन् भन्ने खबर पाउने बित्तिकै सञ्जय दत्त ढिलो सेटमा पुगेका थिए।

श्रीदेवीलाई भेट्ने उनकाे चाहना थियाे। तर, त्यतिबेला उनी नशामा लठ्ठ थिए।

जब सञ्जय दत्त फिल्मको सेटमा पुगे। त्यहाँ उनले श्रीदेवीलाई देखेनन्। त्यसैले उनले अभिनेत्रीलाई खाेज्दाखाेज्दै उनकाे काेठासम्म पुगे।

सञ्जय दत्तलाई यति मातेको अवस्थामा देखेर श्रीदेवी धेरै डराइन्। मादक पदार्थ सेवनका कारण सञ्जयको आँखा रातो भएको थियो।

सञ्जयलाई देखेपछि श्रीदेवी चिच्याइन्। त्यसपछि उनले सञ्जयलाई कोठाबाट बाहिर निकालिन्।

सञ्जयकाे त्याे व्यवहारले रिसाएकी श्रीदेवीले उनीसित फिल्म नखेल्ने निधाे गरिन्। तर श्रीदेवीले नचाहे पनि उनीसँग काम गर्नुपर्‍यो।

महेश भट्टले श्रीदेवीलाई फिल्म 'गुमराह' अफर गरे। यसमा सञ्जय दत्त पहिले नै कास्ट भइसकेका थिए।

श्रीदेवीले सञ्जयलाई फिल्मबाट निकाल्न सक्दो प्रयास गरिन्। तर त्यो भएन र अन्ततः उनले उनीसँगै काम गर्नुपर्‍यो।

प्रकाशित मिति: : 2025-06-25 13:00:00

प्रतिकृया दिनुहोस्