सोमबार, १४ जुलाई २०२५

नागार्जुनका मेयर भ्रष्टाचारी ठहर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-06-20 18:33:00
Break n Links
• • •

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारी ठहर भएका छन्। उनीमाथि करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सम्पत्ति घुसखोरी गरेर कमाएको आरोप थियो। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। गत पुसमा उनिविरुद्ध मुद्दा परेकाे थियाे। 

विशेष अदालतका अध्यक्ष विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेको हो। उनलाई घुस दिने पद्मा कोलोनीका मालिक राजु कँडेल पनि दोषी ठहर भएका छन्। 
उनीहरूलाई सजाय तोक्नका लागि आगामी असार १६ गते अर्को पेशी तोकिएको छ। बस्नेतकी श्रीमतीलाई भने विशेष अदालतले सफाइ दिएको छ। बस्नेत नेपाली काँग्रेसबाट दाेस्राेपटक निर्वाचित मेयर हुन्। 

र याे पनि

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?