प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिंदै मानवता भन्दामाथि कुनै जात नहुने बताएका छन्।
बुधबार छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले आमाले जात नजन्माउने मानव जन्माउने बताएका हुन्।
उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’
‘मानवता भन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ,’ उनले भनेका छन्।