राजसंस्था पक्षधरहरूले शनिबार प्रदर्शन गर्ने भनेर घोषणा क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार साँझ एउटा सूचना निकाल्दै नारायणहिटी दरबार संग्रालय वरिपरिका क्षेत्रलाई ‘निषेधित’ भनेको हो।
शुक्रबार माइतीघरमा प्रदर्शन र जुलुस गरेका राजावादीहरूले शनिबार नारायणहिटीअघिको दरबारमार्गमा प्रदर्शनको तयारी गरेका थिए।
प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल घुम्तीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गणतन्त्र दिवसका दिन शान्ति बाटिकाबाट प्रदर्शन सुरु गरेका राजावादीहरूले अब निरन्तर आन्दोलनको घोषणा गरेका छन्।