बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन्।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन्।
पाँच उद्देश्य
१. आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने।
२. उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
३. आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने।
४. सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने।
५. गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने।
सात प्राथमिकताहरू
१. उद्यमशीलता
२. रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि,
३. प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
४. सामाजिक क्षेत्रमा गुणात्मक सुधार
५. सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
६. नागरिकमैत्री सेवा
७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया