नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रभन्दा गणतन्त्र कयौं गुणा उत्तम रहेको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै पोखरेलले राजतन्त्र र गणतन्त्रको पालामा धनी र गरिबबीचको खाडल तुलना गर्दै गणतन्त्र नै राम्रो भएको दाबी गरेका हुन्।
उनले सक्रिय राजतन्त्रको पालमा धनी र गरिबबीचको खाडल २१ गुणा रहेपनि हाल गणतन्त्रमा यो खाडल ६ गुणामा झरेको दाबी गरे।
उनले भनेका छन्, ‘सक्रिय राजतन्त्रको समयमा धनी र गरिब बीचको खाडल २१ गुणा थियो। गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ। हामी सही दिशामा नै छौं।’