बिमल पौडेल नारायणी अस्पताल विकास समितिको सदस्यमा नियुक्त, पदभार ग्रहण

पर्सामा लोकप्रिय युवा नेताको छवि बनाएका बिमल पौडेलले आजबाट नारायणी अस्पताल विकास समितिको सदस्यको रुपमा पदभार ग्रहण गरेका छन्।

सरकारले नारायणी अस्पताल विकास समिति सदस्यमा विमल पौडेललाई मनोनित गरेको हो।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई सदस्यमा मनोनित गरिएको हो।

उनी आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहनेछन्।

पदभार ग्रहण गरेसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकका लागि पहुँचयोग्य बनाउने प्रतिवद्धता ब्यक्त गरे।

उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता जनाए। उनी नेकपा (एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य समेत हुन्।

पर्सामा रहेर लोकप्रिय युवा नेताको छवि बनाएका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति भएको उल्लेख गर्दै मनोनित गर्न सिफारिस गरेका थिए।

प्रकाशित मिति: : 2025-05-26 11:10:00

प्रतिकृया दिनुहोस्