युवा संघः ‘क्षितिज-सुमन’को नाममा शंकर-विष्णुको शक्ति परीक्षण, शंकरलाई ओलीको साथ

Break n Links
Break n Links

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा नयाँ नेतृत्वको लागि प्यानलसहित क्षितिज थेबे र सुमन पुरी चुनावी मैदानमा उत्रिएका छन्। 

पर्दामा थेबे र पुरी देखिए पनि ‘पर्दा-पछाडि’ एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुन लागेको ठम्याइ छ। 

तथापि, महासचिव पोखरेलको रोजाइँमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि समर्थन छ।

 त्यस्तै, पाैडेलनिकट उम्मेदवार पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे साथ रहेकाे छ।

पार्टी अध्यक्ष ओली र महासचिव पोखरेलले सर्वसम्मत रुपले थेबेकै नेतृत्वमा नयाँ कार्य समिति चयन गर्न निर्देशनात्मक आदेश दिएका थिए। 

तर उपाध्यक्ष पौडेलनिकट युवा संघका निवर्तमान महासचिव पुरीले निर्वाचनको अडान नछाडेपछि चुनावी प्रक्रिया अघि बढेको हो। 

आइतबार साँझसम्म एमाले महासचिव पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेतको दबाबमा अध्यक्ष पदका उम्मेदवार पुरी समूहलाई सहमतिमा ल्याउन व्यापक ‘कन्भिन्स’ गरेको बताइन्छ।

तर उनले महाधिवेशन प्रतिनिधिको मतबाट नयाँ नेतृत्व आउनुपर्ने अडान दोहोर्याएपछि नेताहरू पनि निर्वाचन गर्न बाध्य भएको बुझिएको छ।

अध्यक्ष सुमन पुरीकाे पदाधिकारी टीममा उपाध्यक्ष पर्वत भण्डारी र प्रकाश गौतम, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेमराज शर्मा,सचिव खुलातर्फ ध्रर्व खड्का र अरुण कुँवर, महिला सचिव रेशु तामाङ, मधेशी सचिव चितरन्जन यादव,लेखा आयोग विक्रम गुरुङ, निर्वाचन आयोग शिव रिमाल, अनुसशान आयोग अजयजंग शाही र युवा विज्ञ परिषद् मोदनाथ सिलवाल सन्तोष रहेका छन्। 

त्यस्तै अध्यक्ष क्षितिज थेबेको पदाधिकारी टीममा उपाध्यक्ष महाराज गुरुङ र बिनय शाह, महासचिव महेश चौलागाई, उपमहासचिव उपेन्द्र शाही, खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु, मधेशी सचिवमा मोबिन आलम, लेखा आयोग किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोग मोहम्मद मिजाम र युवा विज्ञ परिषद् चीन लामा रहेका छन्।

प्रकाशित मिति: : 2025-05-26 11:45:00

प्रतिकृया दिनुहोस्