पाँच भारतीय फाइटर विमान खसालेको पाकिस्तानको दाबी

बिएल संवाददाता

नयाँ दिल्ली

पाकिस्तानी सेनाले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेको छ।

रोयटर्सले सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘अहिलेसम्म, म यहाँलाई पुष्टि गर्न सक्छु कि तीन राफेल, एक एसयू-३० र एक मिग-२९ सहित पाँच भारतीय विमान र एक हेरोन ड्रोन पनि खसालिएको छ।’

यद्यपि भारतले भने पाकिस्तानको दाबी र आफ्नो तर्फ भएको क्षतिबारे कुनै जानकारी गराएको छैन।

भारतीय मिडिया र केही फ्याक्ट चेक अकाउन्टहरूले भने पाकिस्तानको दाबीको खण्डन गर्दै भारतीय विमान खसालेको र भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गलत भएको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2025-05-07 10:59:00

प्रतिकृया दिनुहोस्