संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक सुरु भएको हो।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।