शिक्षक आन्दोलन २४औं दिन पनि जारी

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ। 

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताए।

उनले भनेका छन्,‘आन्दोलन सबैको हो। आन्दोलनका उपलब्धि पनि सबैकालागि समानरुपले प्राप्त हुनेछन्। त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला।’

उनले सडकको सफाइ, दुबो र बोटविरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगर्न समेत अनुरोध गरेका छन्। 

प्रकाशित मिति: : 2025-04-25 10:57:00

प्रतिकृया दिनुहोस्