‘दानव नदी’मा पौडी खेल्न गएका तीन बालक बेपत्ता, खोजीमा सशस्त्रको टोली परिचालन

रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीनजना बालक  बेपत्ता भएका छन्।

नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजेतिर उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ।

बेपत्ता हुनेहरूमा सोही ठाउँका १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन्।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर खोजीकार्य सुरु गरिसकेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति: : 2025-04-21 18:37:00

प्रतिकृया दिनुहोस्