रवि ‘टोले गुण्डा’मा परिणत भइसके: मुकुल ढकाल

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले रवि जेल आउने–जाने गरिरहने पटके भइसकेको बताएका हुन्। 

ढकालले रविको मुद्दाको फैसला, आदेशलगायत १८–२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ–जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।

उनले भनेका छन्–

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट पक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ। 

तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक–पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा 'पटके' भनिन्छ। रवि दाइ पनि 'पटके' भइसके। 

रवि दाइको यो 'पटके' अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन्। 

रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै। यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन्। अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उहि अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन्। 
तीतो लाग्यो कुरा ? सत्य यहि हो।
 

प्रकाशित मिति: : 2025-04-21 12:52:00

प्रतिकृया दिनुहोस्