सुदूरपश्चिम एमालेमा पहिरो जाने क्रम अझै रोकिएको छैन।
भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि सुदूरपश्चिममा सुरु भएको पार्टी परित्याग गर्ने लहर अझै जारी छ। केही दिनअघि मात्र सुदूरपश्चिम एमालेका ७० बढी नेताकार्यकर्ताहरूले पार्टी परित्याग गरी भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका छन्।
गत वैशाख ४ गते एमाले सुदुरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका हुन्।
समाजवाद हुँदै साम्यवाद ल्याउने उद्देश्यले समाज परिवर्तन र समानताका लागि किसान मजदुर वर्गका आधारभूत आवश्यकताको ग्यारेन्टी गराउनका लागि अछामका गाउँवस्ती जनताको घरदैलोमा पुगेपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीको गुटगत राजनीति र कार्यशैलीबाट समाजवाद हुदै साम्यवादमा जाने बाटो बन्द भएको महशुस भएको कुँवरले बताएका छन्।
उनले भनेका छन्, ‘आज पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भयो। जनवाद समाप्त भयो, निरंकुशता हावी भयो। विपरित सिद्धान्तका नेता, कार्यकर्ता पार्टीभित्र ल्याउने र चुनाव लडाउने सर्तका लागि विपरीत सिद्धान्त मान्नेहरूसँग घाँटी जोडेर सत्तामा जाने संविधान र लोकतान्त्रिक मुल्यमान्यताको उल्लघंन गर्ने पार्टीका उच्च नेताहरूमा भ्रष्टचारको आरोप लागेपनि पार्टीले कारबाही नगरी संरक्षण गर्ने, भ्रष्टचार तथा अनैतिक व्यवहारप्रति मौनताको व्यवहार गर्ने ठूला व्यवसायी, सरकारी ठेक्कापट्टा र आर्थिक घोटलासंग नेताहरुको संलग्नता दिनदिनै बढ्दै गइरहेको प्रति ध्यानाकर्षण नहुने श्रमजिवी सर्वाहारा वर्गको पक्षमा आवाज नउठाउने जस्ता कार्यमा चित्त नबुझी एमाले पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ।’
भीम रावलाई कारबाही गरेयता सुदूरपश्चिमका ३०० बढी नेताहरूले एमाले परित्याग गरिसकेका छन्।
एमाले त्यागेर भीम रावलको अभियानमा जोडिनेहरूको सूचीः