ओली र देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

Break n Links
Break n Links

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरूबीच छलफल भएको हो।

उनीहरूबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीन दलका नेताहरूबीच तय भएको छलफलमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल चलिरहेका बेला प्रचण्ड पनि पुगेका थिए। उनीहरूबीच विभिन्न संवैधानिक नियुक्तिहरूका विषयमा पनि छलफल हुने बताइएको छ।

आज मात्रै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन्। आजबाट उक्त पद पनि खालि भएको छ।

प्रकाशित मिति: : 2025-04-19 17:51:00

प्रतिकृया दिनुहोस्