धवल शमशेरलाई छाड्ने तयारी

Break n Links
Break n Links

उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ। 

गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए। 

उनी हालैमात्र क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका थिए। उपचारलगत्तै उनलाई फेरि कानुनी प्रक्रियामा ल्याइने प्रहरीले जनाएको छ। 

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै हिरासतमै छन्।

प्रकाशित मिति: : 2025-04-18 15:03:00

प्रतिकृया दिनुहोस्