पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो।
राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए। उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षकमा कार्यरत छन्।