बिएल संवाददाता
बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव कांग्रेस नेता उमेशजंग रायमाझीले आफ्नो सहकारी ‘रविको सहकारी’ नभएको भन्दै भ्रष्टाचार र ठगी नहुने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले बीपीको नाममा स्थापना भएको संस्थाले ठगी नगर्ने दाबी गरेका हुन्।
उनले भने, ‘केही कमिकमजोरीहरू भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौं। यो सहकारी ‘रविको सहकारी’ होइन। यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन, स्वास्थ्य सेवा दिन बीपीको नाममा स्थापना भएको संस्था हो। एक पैसा खाने छैन र खान दिनेछैन।’
बीपी कोईरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निःशुल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ।
उनी भन्छन्, ‘बीपी कोईरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निःशूल्क सेवा गर्ने निर्णय गरेका छौं। कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौं। कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किनु पर्दैन। यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया