नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ। गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा  भुवन सिंह गुरुङ निर्वाचित भएका छन्। 

त्यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र  तृतीय उपाध्यक्षमा वैकुण्ठ वैभव निर्वाचित भए। महासचिवमा भने महेश कुमार बस्नेत निर्वाचित भएका छन्। 

सचिवमा कुन्छ दोर्दे दिङडोङ निर्वाचित हुँदा कोषाध्यक्षमा धनमाया सिन्जाली मगर निर्वाचित भइन्। दुई वटा प्यानल बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका थिए।

प्रकाशित मिति: : 2025-04-12 07:00:00

प्रतिकृया दिनुहोस्