सोमबार, १५ डिसेम्बर २०२५

भारतका कृषिमन्त्रीले गरे ‘चन्द्रागिरि हिल्स’को प्रशंसा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

भारतका कृषि तथा किसान कल्याणमन्त्री श्री शिवराज सिंह चौहानले पर्यटकहरूका लागी ‘चन्द्रागिरि हिल्स’ उत्कृष्ट गन्तव्य बनेको बताएका छन्।

बिहिबार चन्द्रागिरि हिल्सको भ्रमण गर्दै मन्त्री चौहानले नेपालको समग्र पर्यटनसहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका हुन्। 

हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको उनले बताएका थिए। 

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा  परिवारसहित विशेष पूजा–अर्चना गरेका थिए।

उनीसहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तवलगायत विशिष्ट पाहुनाहरूले बिहिबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका थिए।

उनीहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!