मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ।
सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको थियो।