लोकतन्त्रको घरमा आगो लगाएर राजतन्त्रको घर बनाउन सम्भव छैन–गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको घरमा आगो लगाएर राजतन्त्रको घर बनाउन सम्भव नभएकाे बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बाेल्दै उनले लोकतन्त्रको घरमा आगो लगाएर लोकतन्त्रको खरानीबाट राजतन्त्रको घर बनाउन सम्भव नभएकाे बताएका हुन्। 

सुशासन र सेवा प्रवाहका कुराहरूमा काम गर्दै जाँदा कमीकमजोरी हुन सक्ने भन्दै उनले भने, ‘केही कमीकमजोरी भए भनेर लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु भनेको घरमा आगो लगाएर त्यही खरानीबाट अर्को घर बनाउनु भन्नुजस्तै हाे।'

प्रकाशित मिति: : 2025-04-11 14:25:00

प्रतिकृया दिनुहोस्