प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याएको छ।
बुद्ध एयरको जहाजबाट उनीसहित बडिगार्ड दीपक खड्कालाई पक्राउ गरेर भद्रपुरबाट काठमाडौँ ल्याएको हाे।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।
त्यसक्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको भएको छ भने आन्दोलनकारीले एकजना पत्रकारलाई जलाएर मारेका थिए। प्रहरीले उनीमाथि मानवहत्याको आरोपमा मुद्दा लगाउन खोजिरहेको थियो।
उनी बिहिबार मात्र भारतकाे आसामबाट समातिएका थिए।