दुर्गा प्रसाई भारतमा पक्राउ

Break n Links
Break n Links

राजसंस्था पुनःस्थापना अभियानका कमाण्डर दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीको अनुरोधमा उनलाई बिहीबार आसाम प्रहरीले पक्राउ गरेको हो।

प्रसाईँलाई झापाको काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै गरेको स्रोतले जनाएको छ।

प्रसाई प्रहरीको सम्पर्कमा पुगेको उनको परिवारले पनि पुष्टि गरेको छ। तर, प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको परिवार स्रोतले बताएको छ।

प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

प्रकाशित मिति: : 2025-04-10 21:35:00

प्रतिकृया दिनुहोस्