गोकर्णेश्वर ५ मा सञ्चालित पर्ल्स इङिलस एकेडेमीको एसइई दिएका विद्यार्थीको बिदाइ तथा वार्षिक पुरस्कार वितरण समारोहको अवसरमा सानदार मिडिया प्रा.लि.का अध्यक्ष शिखर जङ्ग श्रेष्ठ (गजरकोटे)सम्मानित भएका छन्।
श्रेष्ठलाई साहित्यकार बाजुराम पौडेललकाे हातबाट सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गरिएको हो। सम्मानपछि बोल्दै श्रेष्ठले सम्मानले पत्रकारिताको आगामी पाइलाका लागि ऊर्जा मिलेको बताए।
उनि २०६९ साल देखि रेडियोबाट पत्रकारिता सुरु गरेर अहिले डिजिटल पत्रकारितामा सक्रिय छन्।
उनि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता रहेका उनलाई शिक्षा क्षेत्रको श्रीवृद्धिमा योगदान गरेको भन्दै पर्ल्स इङिलस एकेडेमीले सम्मान गरेको एकेडेमीका व्यवस्थापन समिति अध्यक्ष केशव सापकोटाले जानकारी दिए।
साहित्यकार बाजुराम पौडेलले शिक्षामा अनुशासन र संस्कार महत्त्वपूर्ण रहेको र त्यसको लागि पर्ल्स एकेडेमी अब्बल पाउँदा खुसी लागेको बताए। पर्ल्स टोल विकास समितिका अध्यक्ष अर्जुन कार्कीले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा पर्ल्स एकेडेमी सदैव अघि रहेको जिकिर गरे। सामाजिक अभियन्ता उत्तम पुडासैनीले बालबालिकाहरू लागू पदार्थ दुर्व्यसनी र मोबाइलको लतकै कारण बिग्रिरहेकाले अभिभावकलाई चनाखो हुन आग्रह गरे।
समारोहमा २०८१ सालको एसइईको परीक्षा दिएका विद्यार्थीको बिदाइ गरिएको छ भने गायन र नृत्य प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई पुरस्कृत गरिएको छ। शिक्षक, अभिभावकको नृत्य, तामाङ, नेवारी, लिम्बु, मारुनी लगायतको नृत्यले समारोहको आकर्षण बढाएको थियो।
एकेडेमीका सञ्चालक निर्देशक पद्मा रिजालको अध्यक्षतामा सम्पन्न समारोहमा एकेडेमीका संस्थापक प्रधानाध्यापक तथा सञ्चालक पुण्य प्रसाद रिजाल, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, बागमती सफाइ अभियन्ता दुर्गा सापकोटा लगायतका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।