प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य,  सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ। 

कैलालीकै टिकापुर नगरपालिका ९ खक्रौला  चेक पोष्ट नजिकबाट टिकापुर १ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी टोलीले  जिल्ला कैलाली धनगढी उपमहानगरपालिका  ६ बस्ने विवेक राना,  आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट ६६० मिलिग्राम लागु औषध  फेला परेपछि उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका १९ का रोहित बोगटी र लोकेन्द्र खड्का  ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2025-04-09 08:55:00

प्रतिकृया दिनुहोस्