काठमाडौँका तीन ठाउँमा प्रदर्शन: कहाँ–कहाँ सडक डाइभर्सन गरिने?

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ। 

विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ। शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन्।

यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ। सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ। 

डाइभर्सन गरिने स्थानहरू—
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
 बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
 कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
 त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू —
टियू गेट देखी चोभार सडक
 सानेपा करिडोर सडक (दुबै तर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँ बसपार्क
 सीतापाइला – बाफल सडक खण्डमा एक लाइन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ। 

याे पनि—

प्रकाशित मिति: : 2025-04-08 06:09:00

प्रतिकृया दिनुहोस्