शंकरको दाबी- माओवादीको १० वर्षे हिंसाले देशमा काम गर्ने वातावरण बनेन

Break n Links
Break n Links

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले गरेको हिंसात्मक राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्वको समयमा विकास र समृद्धिको कुरा सम्भव नरहेको बताएका हुन्।

उनले भने, ‘२०४६ सालमा राजनीतिक दलहरूले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए। मुलुकमा हिंसाको राजनीति सुरु भयो। २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्‍यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन। युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो।त्यो एक दशक हामीले त्यसरी गुजार्यौं।’

उनले नेपालमा राजनीतिक दलहरूले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताए। नेपालका राजनीतिक दलहरूको काम गर्न धेरै समय नपाएको उनको भनाई छ।

उनले भने, ‘नेपालका राजनीतिक दलहरूको इतिहास ७५ वर्षको मात्रै छ। युरोप-अमेरिकामा राजनीतिक दलहरूको इतिहास दुई सय वर्षभन्दा पुरानो छ। त्यो समयदेखि उनीहरूले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरूको काम गर्न धेरै समय भएका छैनन्।’

परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2025-04-07 20:21:00

प्रतिकृया दिनुहोस्