बक्यौता असुली गर्ने प्रयास नै ‘बर्खास्ती’को मुख्य कारण बन्यो: कुलमान

Break n Links
Break n Links

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको बताए।

उनले लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिए। 

उनले भने, 'प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक–पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ। लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि मैंले विद्युत नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्रचार गरेको थिए। त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो। बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ।'

प्रकाशित मिति: : 2025-04-04 14:14:00

प्रतिकृया दिनुहोस्